अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले अध्यक्ष ओली बालुवाटारमा

एमाले अध्यक्ष ओली बालुवाटारमा


काठमाडौं- प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली बालुवाटार पुग्नु भएको छ।

आगामी माघ ११ गतेका लागि तय भएको राष्ट्रियसभा निर्वाचनको सिट बाँडफाँटबारे सत्ता गठबन्धनको बैठक सकिएलगत्तै अध्यक्ष केपी शर्मा ओली बालुवाटार पुग्नु भएको हो।

अध्यक्ष ओली बालुवाटार पुग्नुअघि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा)का नेता सिट बाँटफाँटमा जुटेका थिए।

बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवासहितलाई राखेर अध्यक्ष ओलीसँग संवाद गर्दै हुनुहुन्छ ।

यसअघि आइतबार, सोमबार र मंगलबार कांग्रेस र माओवादी केन्द्रबीच सिट बाँडफाटबारे कुराकानी भएको थियो।