अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गठबन्धन सरकारले जनताको पक्षमा काम गर्न सकेन: ईश्वर पोखरेल

गठबन्धन सरकारले जनताको पक्षमा काम गर्न सकेन: ईश्वर पोखरेल


कैलाली-नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अहिलेको गठबन्धन सरकारले जनताको पक्षमा कुनै पनि सकारात्मक काम गर्न नसकेको बताउनु भएको छ।

नेकपा एमाले जिल्ला कमिटी दार्चुलाको ९औँ जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष पोख्रेलले साे कुरा बताउनु भएको हो।

अहिलेको गठबन्धन सरकारले आर्थिक वृद्धिदर सकारात्मक बनाउनको लागि ठोस पहल गर्न नसकेको उहाँले बताउनु भयो। उहाँले भन्नुभयो, ‘जनताको पक्षमा काम गर्ने प्रतिबद्ध पार्टी नै नेकपा एमाले हो ।’

वरिष्ठ उपाध्यक्ष पोखरेलले दार्चुला जिल्लाको विकासमा एमाले नेतृत्वको सरकारको महत्वपूर्ण भूमिका रहेको बताउनु भयो। उहाँले एमाले नेतृत्वको सरकारले दार्चुलामा ठूला-साना थुप्रै विकासका गतिविधि अगाडी बढाएको बताउनुभयो।

उहाँले नेपाली सेना मार्फत तिकर नाका खोल्ने काम सुरु गराउन एमाले नेतृत्वको सरकारले भूमिका खेलेको बताउनु भयो।

जिल्ला कमिटी अध्यक्ष प्रेम सिंह धामीको अध्यक्षता सुरु भएको जिल्ला अधिवेशनमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोख्रेल प्रमुख अतिथि रहनु भएको थियो ।

आज उद्घाटन गरिएको अधिवेशनबाट नेकपा एमाले जिल्लाको नयाँ नेतृत्व समेत चयन हुनेछ। एमालेले दार्चुलाका वटै ६१ वडामा पुस १४ गते शनिबार एकसाथ अधिवेशन प्रतिनिधि चयन गरिसकेको छ। नवौँ जिल्ला अधिवेशनमा झन्डै साढे चार सय प्रतिनिधि छनोट भएका छन्।