अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेपाल–भारत संयुक्त आयोगको बैठक आजदेखि, भारतीय विदेशमन्त्री नेपाल आउँदै  

नेपाल–भारत संयुक्त आयोगको बैठक आजदेखि, भारतीय विदेशमन्त्री नेपाल आउँदै  


काठमाडौँ–नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको सातौँ बैठक आजदेखि काठमाडौँमा सुरु हुने भएको छ ।

बैठकमा सहभागी हुन भारतीय विदेशमन्त्री एस जयशंकर आज बिहान १० बजे काठमाडौँ आइपुग्नुहुनेछ ।

बैठकमा सहभागी हुन काठमाडौँ आउन लागेका भारतीय विदेशमन्त्री जयशंकर नेतृत्वको प्रतिनिधिमण्डललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्रालयकी सचिव सेवा लम्साल र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले स्वागत गर्नुहुनेछ ।  

भारतीय प्रतिनिधिमण्डलमा विदेशमन्त्री जयशंकर, विदेश सचिव विनय मोहन क्वात्रा, नेपाल डेस्क हेर्ने सहसचिव अनुराग श्रीवास्तव, विदेश मन्त्रालयका प्रवक्ता अरिंदम बाग्ची, विदेश मन्त्रालय अन्तर्गत सीमा व्यवस्थापन लगायतका अधिकारीहरु हुनुहुन्छ ।

नेपालमा रहँदा उहाँले उच्चपदस्थ राजनीतिक नेतृत्वहरूसँग पनि भेटघाट गर्ने कार्यक्रम रहेको नेपालस्थित भारतीय दूतावासले जनाएको छ। दूतावासका अनुसार मन्त्री जयशंकरले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलगायतका शीर्ष नेताहरुसँग भेटघाट गर्नुहुनेछ ।

जयशंकर नेतृत्वको भारतीय टोली परराष्ट्रमन्त्री एनपी साउदले आयोजना गर्ने रात्रिभोजमा पनि सहभागी हुनेछ ।

संयुक्त आयोगको बैठक सकेर भारतीय विदेशमन्त्री जयशंकर शुक्रबार दिल्ली फर्किने कार्यक्रम छ ।