अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सुख्खा मौसममा वामपन्थी एकताको एकतारे धुन फैलाउन थालियो : नेता बास्कोटा 

सुख्खा मौसममा वामपन्थी एकताको एकतारे धुन फैलाउन थालियो : नेता बास्कोटा 


काठमाडौँ–नेकपा एमालेका नेता गोकुल बास्कोटाले सुख्खा मौसममा वामपन्थी एकताको एकतारे धुन मन्द गतिले फैलाउन थालिएको बताउनुभएको छ । सामाजिक सञ्जालमा लेख्दै उहाँले यस्तो बताउनुभएको हो । 

नेता बास्कोटाले भन्नुभएको छ,’सुख्खा मौसममा वामपन्थी एकताको एकतारे धुन मन्द गतिले फैलाउन थालिएछ । मेरो साधारण सोचले भन्छ–प्रचण्डको सिंहासनमा पक्कै पनि पहेँला धर्साहरु देखिन थाले होला । विचार, संगठन र नेतृत्वका हिसाबले असफल त्यो इतिहास उसैगरी ब्युँताउनु घ्यू बेचुवा र तलवार बेचुवाले लगाएको मितेरी सम्बन्ध जस्तै हुनेछ ।’