अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भारतीय विदेशमन्त्री जयशंकर नेपालमा, नेपाल–भारत संयुक्त आयोगको बैठकमा सहभागी हुने 

भारतीय विदेशमन्त्री जयशंकर नेपालमा, नेपाल–भारत संयुक्त आयोगको बैठकमा सहभागी हुने 


काठमाडौँ–भारतीय विदेश मन्त्री एस जयशंकर नेपाल आइपुग्नुभएको छ । परराष्ट्रमन्त्री एनपी साउदको निमन्त्रणमा नेपाल–भारत संयुक्त आयोगको बैठकमा भाग लिन विदेशमन्त्री जयशंकर नेपाल आउनुभएको हो ।

आज सवा एक बजेदेखि संयुक्त आयोगको बैठक हुँदैछ । त्यसअघि विदेशमन्त्री जयशंकरले  राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग बालुवाटारमा भेटघाट गर्नुहुनेछ ।  यस्तै पौने २ बजे दुई देशबिच १० हजार मेगावाट बिजुली खरिद सम्झौतामा हस्ताक्षर हुने कार्यक्रम रहेको छ ।  

त्यसपछि विदेशमन्त्री जयशंकरले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटघाट गर्नुहुनेछ ।