अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आज एमालेका प्रदेश पदाधिकारीको भेला काठमाडौंमा,अध्यक्ष ओलीले विशेष निर्देशन दिनुहुने

आज एमालेका प्रदेश पदाधिकारीको भेला काठमाडौंमा,अध्यक्ष ओलीले विशेष निर्देशन दिनुहुने


काठमाडौं- नेकपा एमालेलेका नवनिर्वाचित प्रदेश पदाधिकारीहरुको भेला आज काठमाडौंमा हुँदैछ ।
गत भदौ असोजमा भएका नौ वटै प्रदेश कमिटीका पदाधिकारीलाई पहिलो पटक काठमाडौं बोलाएर पार्टीले प्रशिक्षित गर्न लागेको हो । दिउसो १२ बजे देखि पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजना हुने भेलालाई अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्नुहुनेछ ।
पार्टी प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमका अनुसार भेलामा आसन्न राष्ट्रिय निर्वाचनमा एमालेको प्रदेशगत तयारी,मध्यपहाडी यात्राको प्रदेगशत समिक्षा र पार्टीका जिल्ला अधिवेशनहरुको तयारीका विषयमा रिर्पोटिङ् हुनेछ । पदाधिकारीहरुलाई अध्यक्ष केपी शर्मा ओलीले विशेष निर्देशन दिनुहुनेछ । एमालेले प्रदेश अध्यक्षहरुलाई पोलिटव्यूरोस दस्यको हैसियत दिएको छ । पार्टीका सातवटा भौगोलिक,उपत्यका विशेष र सम्पर्क समन्वय कमिटी गरी नौ वटा प्रदेश कमिटीहरु छन् । एउटा कमिटीमा अध्यक्ष,उपाध्यक्ष,सचिव र दुई उपसचिव गरी पाँचजना पदाधिकारी हुन्छन् ।