अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले अध्यक्ष ओली-जयशंकरबीच द्वारिकाज होटलमा भेटवार्ता

एमाले अध्यक्ष ओली-जयशंकरबीच द्वारिकाज होटलमा भेटवार्ता


काठमाडौं-नेपाल भ्रमणमा रहेका भारतीय विदेशमन्त्री एस. जयशंकरले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता भएको छ।

बिहीवार विदेशमन्त्री जयशंकर र अध्यक्ष ओलीबीच बत्तिसपुतलीस्थित होटेल द्वारिकाजमा भेटवार्ता भएको हो । भेटमा द्विपक्षीय सहकार्यबारे छलफल भएको ओलीको सचिवालयले जनायो।

नेपाल-भारत परराष्ट्र मन्त्रीस्तरीय आयोगको बैठकका लागि जयशंकर बिहीवार काठमाडौँ आउनुभएको थियो ।

यसअघि बिहीबार बिहानै उहाँले राष्ट्रपति रामचन्द्र पौडेलसँग शीतल निवासमा वार्ता गर्नुभएको थियो । त्यसपछि उहाँले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग सिंहदरबारमा एक घण्टा लामो वार्ता गर्नुभयो ।

दुई शीर्ष नेतासँगको भेटवार्तापछि याक एन्ड यती होटलमा संयुक्त आयोगको बैठकमा उहाँले भाग लिनुभयो। त्यसपछि द्वारिकाज पुगेर जयशंकरले ओलीसँग वार्ता गरेका हुन् ।