अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले सचिवालय बैठक बस्दै, राष्ट्रियसभा उम्मेदवारको चयन गर्ने

एमाले सचिवालय बैठक बस्दै, राष्ट्रियसभा उम्मेदवारको चयन गर्ने


काठमाडौँ–नेकपा एमाले सचिवालय बैठक आज बस्ने भएको छ । बैठक आज च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने भएको हो । 

बैठकमा राष्ट्रियसभा उम्मेदवारको चयन, ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा’को समीक्षा र केन्द्रीय कमिटी बैठक बोलाउने विषयमा छलफल हुने पार्टी प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताउनभयो । 

यसअघि पार्टीअध्यक्ष केपी शर्मा ओलीले हिजो  प्रदेश कमिटीका पदाधिकारीसँग राष्ट्रियसभा उम्मेदवार चयनबारे छलफल गर्नुभएको थियो ।