अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रियसभा निर्वाचन : एमाले कोशीले गर्‍यो सात जना आकांक्षी उम्मेदवारको नाम सिफारिस

राष्ट्रियसभा निर्वाचन : एमाले कोशीले गर्‍यो सात जना आकांक्षी उम्मेदवारको नाम सिफारिस


काठमाडौँ–राष्ट्रियसभा निर्वाचनका लागि नेकपा एमाले कोशी प्रदेशले सात जना आकांक्षी उम्मेदवारको नाम केन्द्रमा सिफारिस गरेको छ । प्रदेश कमिटीले ४ पुरुष र ३ महिला गरी सात जना आकांक्षी उम्मेदवारको नाम केन्द्रमा सिफारिस गरेको हो । 

एमाले कोशीका अध्यक्ष घनश्याम खतिवडाका अनुसार पुरुषतर्फ भोजपुरका परशुराम अधिकारी, झापाका उमानाथ ओली, खोटाङका कर्ण घले र झापाका हरिशचरण बानिँयाको नाम सिफारिस भएको छ । यीमध्ये अधिकारी नेकपा विभाजनपछि माओवादीबाट एमालेमा आउनुभएको हो ।  

यस्तै महिलातर्फ रुकमिणी कोइराला, मेचिमाया धिमाल र रोशनी मेचेको नाम सिफारिस गरिएको छ । राष्ट्रिय सभाको निर्वाचन आगामी माघ ११ गते हुँदैछ ।