अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेपाललाई भारतको उपनिवेश बनाउने कृत्यको निन्दा र विरोध गरौँ : नेता रावल 

नेपाललाई भारतको उपनिवेश बनाउने कृत्यको निन्दा र विरोध गरौँ : नेता रावल 


काठमाडौँ–नेकपा एमालेका नेता डा भीम रावलले भारतीय दूतावासले आफूखुसी २० करोडका योजना सञ्चालन गर्न पाउने सम्झौताको कडा विरोध गर्नुभएको छ । 

नेता रावलले आज सामाजिक सञ्जालमा लेख्दै दूतावासले आफूखुसी २० करोडका योजना सञ्चालन गर्न पाउने सम्झौताको भर्त्सना गर्नुभएको हो । उहाँले 

नेपाललाई भारतको उपनिवेश बनाउने कृत्यको  सशक्त रूपमा निन्दा र विरोध गर्न सबैलाई आग्रह गर्नुभएको छ । 

नेता रावलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारकै बेला भएकाले कथित जनयुद्ध पनि भारतको स्वार्थमा भएको थियो भन्ने पुष्टि पनि भएको उल्लेख गर्नुभएको छ ।

यस्तो छ भीम रावलको धारणा

विदेश भक्तिको कांग्रेसी परम्परा र भारतको स्वार्थ अनुसार काम गर्न कथित जनयुद्धको बेला भारतीय शासकहरूका सामु पुष्पकमल दाहाल प्रचण्डले गरेको कागजको गठजोडबाट नेपालमा भारतले आफूखुसी २० करोडका आयोजना सञ्चालन गर्न पाउने कुकृत्य भारतीय विदेशमन्त्री एस जयशंकरको नेपाल भ्रमणको बेला गरिएको सम्झौतामा उदाङ्ग भएको छ । नेपाललाई भारतको उपनिवेश बनाउने कृत्यको सबै देशभक्त नेपालीले सशक्त रूपमा निन्दा र विरोध गरौँ !

यो सम्झौता र प्रचण्ड स्वयंले बेलाबखत गरेका र भनेका काम कुराबाट कथित जनयुद्ध नेपाललाई कमजोर बनाई भारतीय स्वार्थ अनुसार हिँड्न बाध्य पार्नु रहेछ भन्नेमा अब कुनै द्विविधा मान्नु पर्ने भएन । यो षडयन्त्र देशको स्वाधीनता र समृद्धि होला भनेर बन्दुक बोकी ज्यानको बाजि लगाउनेहरूलाई थाहै भएन !