अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेता बास्कोटा भन्नुहुन्छ–स्थानीय तहलाई सोझै दिने २० करोड सहयोग भोलि महँगो हुन्छ

नेता बास्कोटा भन्नुहुन्छ–स्थानीय तहलाई सोझै दिने २० करोड सहयोग भोलि महँगो हुन्छ


काठमाडौँ–नेकपा एमालेका नेता गोकुल बास्कोटाले भारतीय दूतावासले सोझै स्थानीय तहलाई दिनसक्ने २० करोडको सहयोग भोलिका लागि महँगो हुने बताउनुभएको छ । सामाजिक सञ्जालमा लेख्दै उहाँले दूतावासले आफूखुसी २० करोडका योजना सञ्चालन गर्न पाउने सम्झौताको विरोध गर्नुभएको हो । 

हिजो नेपाल र भारतबिच २० करोडका योजना स्थानीय तहलाई भारतीय दूतावासबाट सोझै दिन सकिने सम्झौता भएको थियो । त्यसको नेपालमा विरोध भइरहेको छ । 

नेता बास्कोटाले भन्नुभएको छ,’चुनावताका साथीहरुले मच्ची–मच्ची नारा भट्याए खोलीखेत जोगाउने तटबन्धनले, देश भत्काउने गठबन्धनले भनेर । सोह्रैआना ठीक रहेछ त्यो कुरा । भारतीय विदेश मन्त्रीको नेपाल भ्रमणको ठुलो उपलब्धि भनिएको स्थानीय तहलाई करिब सोझै दिन सक्ने बिस करोडको सहयोग भोलिका लागि धेरै महँगो हुने प्रबल सम्भावना छ।’