अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेले प्रदेश पदाधिकारीको भेला : तल्ला कमिटीको अधिवेशनका विषयमा छलफल 

एमालेले प्रदेश पदाधिकारीको भेला : तल्ला कमिटीको अधिवेशनका विषयमा छलफल 

जनप्रतिनिधि भएका ठाउँमा नतिजामुखी कामका लागि उत्प्रेरित गर्न अध्यक्ष ओलीको निर्देशन


काठमाडौँ–नेकपा एमालेले प्रदेश कमिटी पदाधिकारीको भेलामा पार्टीको तल्ला कमिटीको अधिवेशनका विषयमा छलफल भएको छ । एमाले केन्द्रीय कार्यालयमा पार्टीका प्रदेश पदाधिकारीहरूको राष्ट्रिय भेलामा जिल्ला, पालिका, वडा अधिवेशनलाई व्यवस्थित गरेर लैजाने विषयमा छलफल भएको हो । 

भेलामा मेचीदेखि–महाकालीसम्म पार्टीलाई एकरुपताका साथ अगाडि बढाउने विषयमा छलफल भएको कोशी प्रदेश कमिटी अध्यक्ष घनश्याम खतिवडाले जानकारी दिनुभयो । 

अध्यक्ष खतिवडाका अनुसार भेलामा पार्टी अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई अन्य शक्तिहरुले घेराबन्दी गरिरहेको बेलामा तल्ला कमिटीलाई व्यवस्थित रुपमा लैजान प्रदेश पदाधिकारीलाई निर्देशन दिनुभएको छ । यस्तै संगठनभित्र रहेका सामान्य अन्तरविरोधहरुलाई हल गरेर जान र जनप्रतिनिधि भएका ठाउँमा नतिजामुखी काम गर्नका लागि उत्प्रेरित गर्न पनि अध्यक्ष ओलीले निर्देशन दिनुभएको छ । 

यस्तै भेलामा प्रदेश कमिटी पदाधिकारीहरुले पार्टी सदस्यता नवीकरण, तल्ला कमिटी व्यवस्थित र समावेशी बनाउने विषयमा रिपोर्ट गरेको अध्यक्ष खतिवडाले जानकारी दिनुभयो । 

भेलामा महासचिव शंकर पोखरेल, उपमहासचिवहरू प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरूङ, विष्णु रिमाल र स्थायी कमिटी सदस्य तथा संगठन विभाग प्रमुख काशिनाथ अधिकारी, भूगोलका सात प्रदेश र गैरभौगोलिक क्षेत्रका दुई विशेष प्रदेश गरी नौ वटै प्रदेश कमिटीका अध्यक्ष, उपाध्यक्ष, सचिव र उपसचिवहरूको सहभागिता रहेको थियो ।