अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

च्यासलमा एमाले सचिवालय बैठक सुरू

च्यासलमा एमाले सचिवालय बैठक सुरू


काठमाडौं-नेकपा एमालेले सचिवालय बैठक सुरू भएको छ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा नेकपा एमालेले मध्यपहाडी यात्रा पछि पहिलो पटक सचिवालयको बैठक बसेको हो।

बैठकमा राष्ट्रियसभाको निर्वाचनको तयारी, मध्यपहाडी यात्राको समिक्षा, द्वन्द्वकालिन मुद्धा टुंग्याउने साथै सत्ता गठबन्धनसँग भएको छलफल लगायतका विषय प्रमुख एजेण्डा रहेको एमाले स्रोतले जानकारी दिएको छ।

स्रोतका अनुसार पार्टीले संगठन बिस्तार तथा जनतासँग जानका लागि अर्को नयाँ अभियानमा कस्तो कार्यक्रम ल्याउने भनेर पनि छलफल गर्ने तयारी छ।

पार्टीले मंसिर १४ गतेबाट पुस २ गतेसम्म मध्यपहाडी राजमार्गको झुलाघाटबाट चिवाभञ्ज्याङसम्म समृद्धिका लागि संकल्प यात्रा सञ्चालन गरेको थियो।

एमाले स्रोतका अनुसार आजको सचिवालय बैठकले केन्द्रीय कमिटीको बैठकको मिति पनि तय गर्नेछ। माघको ६ र ७ गते काठमाडौंमा केन्द्रीय कमिटी बैठक आयोजना गर्ने पार्टीको तयारी रहेको एमाले स्रोतले बताए ।