अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले दार्चुलाको अध्यक्षमा ज्ञानेन्द्रबहादुर घर्ती

एमाले दार्चुलाको अध्यक्षमा ज्ञानेन्द्रबहादुर घर्ती


दार्चुला-नेकपा एमाले दार्चुलाको अध्यक्षमा ज्ञानेन्द्रबहादुर घर्ती निर्वाचित हुनुभएको छ। आज सम्पन्न नवौं जिल्ला अधिवेशनले घर्तीको अध्यक्षतामा सर्वसम्मत कार्यसमिति चयन गरेको हो।

अधिवेशनमा अध्यक्षसमा सर्वसम्मत भएसँगै उपाध्यक्षमा प्रमानन्द जोशी, सचिवमा उमेश जोशी चयन हुनुभएको छ। यस्तै उपसचिवद्वयमा कर्णबहादुर खडायत र कमला पन्त बिष्ट चयन हुनुभएको छ।

अधिवेशनले जिल्ला सदस्यहरु पनि सर्वसम्मत चयन गरेको छ। एमाले केन्द्रको निर्देशनअनुसार जिल्ला अघिवेशन सम्पन्न गर्ने दार्चुला पहिलो हो। एमालेले माघभित्र सवै जिल्ला अधिवेशन गरिसक्नु पर्ने निर्देशन गत कात्तिकमै जारी गरिसकेको छ।

नेकपा एमाले वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले नवौं जिल्ला अधिवेशनको उदघाटन गर्नुभएको थियो।