अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेले राष्ट्रियसभाको १९ वटै सिटमा उम्मेदवारी दिने

एमालेले राष्ट्रियसभाको १९ वटै सिटमा उम्मेदवारी दिने


काठमाडौं- नेकपा एमालेले माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनमा १९ वटै पदमा उम्मेदवारी दिने भएको छ। 

शुक्रबार पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले १९ वटै पदमा उम्मेदवारी दर्ता गर्ने निर्णय महासचिव शंकर पोखरेलले जानकारी दिनुभयो।

सचिवालय बैठकमा प्रदेशबाट सिफारिस भएर आएका नामहरुबारे प्रारम्भिक छलफल भएको र थप छलफल गरेर पार्टीले निर्णय लिने महासचिव पोखरेलले बताउनु भयो ।

‘प्रदेश कमिटीले प्रत्येक क्लस्टरमा ३ जनाको नाम सिफारिस गरेको छ। ती नामका बारेमा छलफल गरेका छौं । कतिपय क्लस्टरमा थप छलफल गर्नुपर्ने भएको छ’, पोखरेलले भन्नुभयो, ‘थप छलफल र प्रस्ट भएपछि पुस २३ गते १९ वटै पदमा उम्मेदवारी दर्ता गर्ने तयारी गरेका छौं ।’