अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सर्लाही घटनामा पिडितका पक्षबाट ८ बुँदे माग

सर्लाही घटनामा पिडितका पक्षबाट ८ बुँदे माग


जनकपुरधाम – सर्लाहीको बरहथवामा भएको झडपपछि प्रहरीले चलाएको गोली लागेर मृत्य’ भएका जयशंकर साहको आफन्तले ८ बुँदे माग राखेको छ ।
मृतक साहका भान्जा विवेकले शहिद घोषणादेखि मेयरलाई कारबाही गर्नुपर्नेसम्मको माग राखेका हुन् । उनले माग पुरा नभएसम्म शव सडकमै राखेर प्रदर्शन जारी राख्ने चेतावनी दिएका छन् ।

मृतक साहलाई शहिद घोषणा गर्नुपर्ने, मेयर कल्पना कुमारी कटुवालको राजीनामासहित कारबाही गर्नुपर्ने, प्राथमिक स्वास्थ्य केन्द्रलाई ५० वेडमा स्तरोन्नती गरी मृतकको नामबाट अस्पतालको नाम राख्नुपर्ने, बजार र अस्पतालमा शालिक राख्नुपर्ने, गोली चलाउनलाई कारबाही गर्नुपर्नेसहितका माग पीडित परिवारको छ ।

प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नती विषयमा जनप्रतिनिधिबीच विवाद चर्केपछि ५ दलले आन्दोलित बनेको थियो । स्थिति नियन्त्रणमा लिन प्रहरीले चलाएको गोलीले शुक्रवार दिउँसो साहको मृत्यु भएको थियो ।

मृतक शव सडकमै राखेर बसिरहेको तर अहिलेसम्म प्रशासनका कोही पनि भेट्न नआएको उनका भान्जा विवेकले गुनासो गरेका छन् ।