अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रियसभा निर्वाचन : आज अन्तिम मतदाता नामावली प्रकाशन गरिने 

राष्ट्रियसभा निर्वाचन : आज अन्तिम मतदाता नामावली प्रकाशन गरिने 


काठमाडौँ–राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत आज अन्तिम मतदाता नामावली प्रकाशन गरिने भएको छ ।

निर्वाचन अधिकृतको कार्यालयमा आज अन्तिम मतदाता नामावली प्रकाशन हुने निर्वाचन आयोगले जनाएको हो ।

पुस २० गतेदेखि प्रकाशित मतदाता नामावलीउपर दाबी विरोधलगायत कार्यको समय सकिएको छ ।

पुस २३ गते बिहान १० देखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता गरिनेछ भने पुस २७ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ ।

यस्तै पुस २८ गते बिहान १० देखि दिउँसो १ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने कार्यतालिका छ ।

माघ ११ गते बिहान ९ देखि दिउँसो ३ बजेसम्म मतदान गरिनेछ ।