अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रियसभाको भागबण्डा टुंग्याउन सत्ता गठबन्धनको बैठक बस्दै

राष्ट्रियसभाको भागबण्डा टुंग्याउन सत्ता गठबन्धनको बैठक बस्दै


काठमाडौँ– राष्ट्रिय सभा सदस्य उम्मेदवार बाँडफाँटबारे अन्तिम निर्णय गर्न सत्ता गठबन्धनको बैठक आज पनि बस्ने भएको छ । 

शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा सहमति नजुटेपछि अन्तिम निर्णय आज पुनः बैठक बस्न लागेको हो । 

हिजो राति अबेरसम्म तीन दलले राष्ट्रियसभा निर्वाचनका लागि सहमतिको अन्तिम ड्राफ्ट भने तयार गरेका छन् । माघ ११ मा निर्वाचन हुने १९ सिटमध्ये कांग्रेसले १०, माओवादी केन्द्रले ६, एकीकृत समाजवादीले २ र जसपाले एक सिट लिने भएका हुन् । 

आज बिहान बस्ने बैठकले कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जसपाले पाएको सिटको क्लस्टर टुंगो लगाइने बताइएको छ ।  

फागुन २० मा राष्ट्रिय सभामा एमालेका ९ (एक मनोनीत सहित), कांग्रेसका ४, माओवादीका ३, एकीकृत समाजवादीका २, जसपाका १ र स्वतन्त्र सांसद १ जना गरी २० सांसदको पदावधि सकिँदै छ ।