अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेले आज राष्ट्रिय सभाका उम्मेदवारको नाम टुंग्याउने

एमालेले आज राष्ट्रिय सभाका उम्मेदवारको नाम टुंग्याउने


काठमाडौँ–नेकपा एमालेले आज राष्ट्रिय सभाका उम्मेदवारको नाम टुंग्याउने भएको छ । शुक्रबार बसेको एमाले सचिवालय बैठकले राष्ट्रिय सभा उम्मेदवारको टुंगो लगाउने जिम्मेवारी पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई दिएको थियो । 

सोही अनुसार आज साँझसम्म उम्मेदवारको टुंगो लागिसक्ने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो । भोलि मनोनयन दर्ता हुने भएकाले आज साँझसम्म अध्यक्ष ओली र महासचिव शंकर पोखरेलले उम्मेदवारको टुंगो लगाउने उहाँले जानकारी दिनुभयो । 

 यसअघि एमालेका सातै प्रदेश कमिटीले राष्ट्रिय सभाका आकांक्षी उम्मेदवारको नाम केन्द्रमा सिफारिस गरेको थियो । 

सदस्य निर्वाचनअन्तर्गत भोलि बिहान १० देखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता गरिनेछ । माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनमा एमालेले १९ सिटमै उम्मेदवारी दिने निर्णय गरिसकेको छ ।