अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रिय सभा उम्मेद्वारमा सत्ता गठबन्धनमा सहमती : माधव नेपाललाई दुई सिट

राष्ट्रिय सभा उम्मेद्वारमा सत्ता गठबन्धनमा सहमती : माधव नेपाललाई दुई सिट


काठमाडौं- सत्ता गठबन्धनका दलहरुले राष्ट्रिय सभाका १९ सिटमा भागबण्डा टुंगो लगाएका छन् । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले सिट बाँडफाँट टुंगो लगाएको हो ।

बैठकपछि नेपाली कांग्रेसका नेता रमेश लेखकले दिएको जानकारी अनुसार नेपाली कांग्रेसले १०, नेकपा माओवादी केन्द्रले ६, एकीकृत समाजवादीले २ र १ सिट जसपाले लिने गरी टुंगो लागेको छ ।
गत शनिबार राति अबेरसम्म बसेको गठबन्धनको बैठकमा पनि यसैगरी सिट बाँडफाँट गर्ने छलफल भएको थियो । तर एकीकृत समाजवादीले तीन सिटमा दाबी गरेपछि आज बिहान पुनः गठबन्धनको बैठक बसेको थियो ।

बैठकपछि नेता लेखकले सरकारमा रहेका र सरकारलाई समर्थन गर्ने दलहरुले संयुक्त रुपले उम्मेदवारी दिने नेता बताउनुभयो ।