अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

माओवादीले टुंग्यायो राष्ट्रियसभाका ६ उम्मेदवार

माओवादीले टुंग्यायो राष्ट्रियसभाका ६ उम्मेदवार


काठमाडौं-सत्तारुढ नेकपा माओवादी केन्द्रले आगामी माघ ११ गते हुने राष्ट्रिय सभाको निर्वाचनका ६ जना उम्मेदवारको नाम टुंगो लगाएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकले उम्मेदवारको टुंगो लगाएको हो।

माओवादीले कोशीबाट चम्पादेवी कार्की, बागमतीबाट श्रीकृष्ण अधिकारी, गण्डकीबाट मनरुपा शर्मा, कर्णालीबाट विष्णु विक, लुम्बिनीबाट झक्कु सुवेदी र सुदूरपश्चिमबाट रेणु चन्दको नाम टंगो लगाएको हो। 

१९ सीटको लागि आगामी माघ ११ गते हुने निर्वाचनमा गठबन्धनबाट माओवादीले ६ सीट पाएको थियो । राष्ट्रियसभा निर्वाचनको भोलि उम्मेदवारी दर्ता हुँदैछ ।