अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रिय सभा निर्वाचन: राप्रपाले टुंग्यायो ९ उम्मेदवार

राष्ट्रिय सभा निर्वाचन: राप्रपाले टुंग्यायो ९ उम्मेदवार


काठमाडौँ-राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राष्ट्रिय सभा निर्वाचनका लागि ९ जना उम्मेदवार टुंग्याएको छ।

आइतबार बसेको कार्यसम्पादन समितिको बैठकले ९ जना उम्मेदवार टुंगो लगाएको हो।

कोशी प्रदेशमा उद्धब पौडेल, बागमती प्रदेशमा हेमजंग गुरुङ, नानु नगरकोटी, भरतमणि भट्ट र  पूर्णबहादुर विश्वकर्मालाई उम्मेदवार बनाउने निर्णय भएको प्रवक्ता मोहन श्रेष्ठले बताउनु भयो ।

यस्तै गण्डकीमा गौमाया श्रेष्ठ र रोमबहादुर भण्डारी तथा लुम्बिनीमा निरञ्जन थापा र  बिजयलक्ष्मी सिंहलाई उम्मेदवार बनाउने निर्णय भएको छ। 

 यसैगरी मधेश प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशमा पनि राप्रपाले उमेदवार टुंगो लगाएको बताइएपनि नामावली सार्वजनिक गरिएको छैन । 

राप्रपाले सत्ता गठबन्धनबाट भाग खोजेको भएपनि कुनै सुनुवाइ नभएपछि आफ्नै ढंगले उम्मेदवार तय गरेको हो ।