अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले झापाका नेता कार्यकर्ताले स्वमूल्याङ्कनका लागि परीक्षा दिनुपर्ने

एमाले झापाका नेता कार्यकर्ताले स्वमूल्याङ्कनका लागि परीक्षा दिनुपर्ने



बिर्तामोड – झापामा नेकपा एमालेले पार्टी कामको स्वमुल्याङकन गर्ने भएको छ । त्यसका लागि जिल्ला संगठन विभागले पार्टी नेता र तहगत कमिटी मार्फत मुल्याङकनको सुरुवात गरेको हो ।
आज झापाको क्षेत्र नं. ३ मा जिल्ला कमिटी सदस्यहरुको बैठकबाट उक्त अभियानको प्रारम्भ गरिएको संगठन विभाग प्रमुख शिव ढुङ्गेलले जानकारी दिनुभयो । उहाँका अनुसार १७ वटा प्रश्न तयार गरेर विभागले तल्लो तहमा पठाउने तयारी गरेको छ । क्षेत्र नं. ३ को बैठकमा जिल्ला सदस्यहरुलाई पहिलो चरणमा प्रश्नहरु वितरण गरिएको जनाइएको छ ।
क्षेत्रीय संयोजक लक्ष्मण पाठकको अध्यक्षमा सम्पन्न बैठकमा प्रमुख अतिथी प्रदेश कमिटीका सदस्य एवम् क्षेत्रीय इञ्चार्ज बसन्त बानियाँले स्वमुल्याङकनको अभियान पार्टी जीवनका लागि अत्यन्तै रचनात्मक भएको प्रतिक्रिया दिए । उनले भने, यो कामले जिम्मेवार नेता कार्यकर्ताहरुको समेत मुल्याङकन गर्न सहयोग गर्नेछ । बैठकलाई सम्बोधन गर्दै ढुंगेलले पार्टीमा लामो समयसम्म योगदान गरेका तर अहिले जिम्मेवारीमा नभएका नेता कार्यकर्तालाई समेट्न संगठन विभागलाई सुझाव दिनुभएको छ ।
नेकपा एमाले झापाका सचिव ढुङगेलले जिल्ला कमिटी, पालिका कमिटी, वडा कमिटी र सबै जनवर्गीय संगठनहरु मार्फत मुल्याङकनको काम गरिने जानकारी दिनुभयो । पार्टीको तल्लो तहसम्मको अवस्थाको मुल्याङकन गर्ने, नेताहरुलाई जिम्मेवार बनाउन मद्दत गर्ने, कामको मुल्याङकन प्रणालीलाई व्यवस्थित गर्ने र कामको आधारमा जिम्मेवारी दिने, जिम्मेवारी पुरा गरेको आधारमा अवसरको वितरण गर्न अभियान प्रभावकारी हुने उनको भनाई छ । ढुङगेलले भने – यो पार्टी जीवनका लागि एउटा परीक्षा पनि हो । यसले नेता कार्यकर्ता र पार्टी दुवैको हित गर्नेछ ।
माघ १५ सम्म संगठन विभागले मुल्याङकनका लागि तोकिएको सदस्य र कमिटीहरुबाट प्रतिवेदन संकलन सम्पन्न गर्ने जनाएको छ । उक्त प्रतिवेदन संकलनपछि पार्टी काम र नीति निर्माणका लागि सहयोगी सामग्री बनाइने संगठन विभागको तयारी छ । जिल्ला पार्टीले सदस्यहरुबाट संकलित र कमिटीहरुबाट संकलित प्रतिवेदनहरुको व्यवस्थित अभिलेख तयार गर्नेछ । संगठन विभागका प्रमुख ढुङगेल भन्नुहुन्छ – यो सामग्रीलाई पार्टीको वेभसाइटमा समेत अध्ययन गर्न मिल्ने गरी तयार गरिनेछ ।
सचिव ढुङगेलका अनुसार जिल्ला कमिटीको लागि १७ प्रश्नहरु तयार गरिएको छ । सोही बमोजिम पालिका कमिटी, वडा कमिटी र जनसंगठनहरुलाई प्रश्न तयार गरेर पठाइने छ ।