अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेमकिपाद्वारा हेटौँडाका चारवटै क्षेत्रमा उम्मेदवारी दर्ता

नेमकिपाद्वारा हेटौँडाका चारवटै क्षेत्रमा उम्मेदवारी दर्ता


हेटौँडाराष्ट्रियसभा सदस्य निर्वाचनको रिक्त हुने पदमा बागमती प्रदेशबाट नेपाल मजदुर किसान पार्टीबाट चार जनाको उम्मेदवारी परेको छ।

बागमती प्रदेशमा हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि सोमबार नेमकिपाले रिक्त चार वटै क्षेत्र (क्लष्टर) मा उम्मेदवारहरुले मनोनयनपत्र दर्ता गराएको हो।

नेमकिपाले अपाङ्गतातर्फ भक्तपुरका हिमालयश्वर मूल, अन्यबाट काठमाडौंका श्रीकृष्ण महर्जन, दलिततर्फ भक्तपुरका सङ्गीता नेपाली र महिलातर्फ भक्तपुरकै कृष्णलक्ष्मी दुवालले उम्मेदवारी दर्ता गराउनुभएको छ। चार जनामध्ये एक जनाले वारिसमार्फत उम्मेदवारी दर्ता गराउनुभएको थियो ।