अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रियसभा निर्वाचन : आज उम्मेदवारविरुद्ध दाबीविरोध र उजुरी दिन सकिने

राष्ट्रियसभा निर्वाचन : आज उम्मेदवारविरुद्ध दाबीविरोध र उजुरी दिन सकिने


काठमाडौंं–राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत आज उम्मेदवारविरुद्ध दाबीविरोध र उजुरी दिन सकिने भएको छ । हिजो मनोनयन दर्ता गरेका उम्मेदवारविरुद्ध आज दाबीविरोध र उजुरी दिने कार्यतालिका रहेको हो । 

निर्वाचन आयोगका अनुसार पुस २५ र २६ गते जाँचबुझ गरी उम्मेदवारको नामावली प्रकाशन गरिने छ । २७ गते नाम फिर्ता लिन चाहने उम्मेदवारको नाम फिर्ता र उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ । 

पुस २८ गते बिहान १० देखि दिउँसो १ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने निर्वाचन कार्यतालिका रहेको छ । 

राष्ट्रियसभा निर्वाचनका लागि हिजो सातै प्रदेशका सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा विभिन्न समूहका लागि ५२ उम्मेदवारको मनोनयनपत्र दर्ता भएको छ । माघ ११ गते बिहान ९ देखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ ।