अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कोशीमा आज सभामुखको निर्वाचन हुने   

कोशीमा आज सभामुखको निर्वाचन हुने   

एमालेले राप्रपालाई सहयोग गर्ने


काठमाडौँ–कोशी प्रदेश सभामुखको निर्वाचन आज हुने भएको छ । आज बिहान बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले दिउँसो ३ बजे सभामुखको निर्वाचन गर्ने सहमति जनाएको हो । 

सर्वसम्मत रूपमा सभामुख चयन गर्न दलहरूले छलफल जारी राखेका छन् । नेकपा एमालेले सभामुखमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई सहयोग गर्ने जनाएको छ । आज बसेको एमाले कोशी संसदीय दलको बैठकले सभामुखमा राप्रपालाई सहयोग गर्ने निर्णय गरेको हो ।  

एमाले कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले सत्ता गठबन्धन बाहेकका दलको सभामुखलाई एमालेले सहयोग गर्ने बताउनुभयो । उहाँले राप्रपालाई सभामुखमा सहयोग गर्न एमाले तयार रहेको बताउनुभयो । 

राप्रपाले सांसद अमरबहादुर विष्टलाई सभामुख बनाउने निर्णय गरेको छ ।