अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कोशी प्रदेशको सभामुखमा राप्रपाका अमर विष्टलाई एमालेले मत दिने

कोशी प्रदेशको सभामुखमा राप्रपाका अमर विष्टलाई एमालेले मत दिने



विराटनगर- कोशी प्रदेशको सभामुखमा नेकपा एमालेले राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेद्वारलाई सघाउने भएको छ । पार्टी संसदीय दलको बैठकले गठबन्धन भन्दा बाहिरका दललाई सभाुमखमा समर्थन गरेर जाने निर्णय गरेको एक नेताले जानकारी दिए । ति नेताका अनुसार विगतमा पनि सहकार्य भएको र भविष्यमा पनि सहकार्य हुन सक्ने भएकोले अहिले राप्रपालाई उम्मेद्वार बनाउने कुरामा एमाले तयार भएकोको हो । राप्रपाबाट झापाका अम्बर बहादुर विष्ट सभामुखको उम्मेद्वार हुने निश्चित भएको छ ।
एमाले संसदीय दलको बैठकले एमालेले सभामुखको उम्मेदवारी उठाउने परिस्थिति नभएकाले सत्ता गठबन्धन दल बाहेकलाई सभामुख बनाउने निर्णय गरेको छ ।
गत असारमा गठबन्धनलाई बहुमत पुर्याउन मत दिएका कारण विवादित बनेका सभामुख बाबुराम गौतमले राजिनामा दिएपछि कोशीमा सभामुख पद रिक्त थियो ।

कोशीमा राप्रपालाई सभामुख दिन सत्ता गठबन्धन तयार भएका छन् ।