अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

विष्णु पौडेल विरुद्धको उम्मेद्वारी खारेजीमा परेका नेकपा एसका नेता गुरुङद्वारा पार्टी परित्याग

विष्णु पौडेल विरुद्धको उम्मेद्वारी खारेजीमा परेका नेकपा एसका नेता गुरुङद्वारा पार्टी परित्याग


काठमाडौं- नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश कमिटीका सचिव राजु गुरुङले पार्टी परित्याग गर्नुभएको छ ।

करिब १ वर्षदेखि पार्टीमा निष्क्रिय रहँदै आउनुभएका नेता गुरुङले मंगलबार पार्टी परित्याग गरेको आधिकारिक रुपमै घोषणा गर्नुभएको हो । पार्टी अध्यक्ष माधवकुमार नेपाललाई पत्र लेख्दै उहाँले पार्टीको सदस्यता, केन्द्रीय कमिटी सदस्य र लुम्बिनी प्रदेश कमिटी सचिवको जिम्मेवारी निर्वाह गर्न असमर्थ भएको उल्लेख गर्नुभएको छ ।

नेता गुरुङले राजीनामा स्वीकृत गरिदिन पनि आग्रह गर्नुभएको छ । उपरोक्त विषयमा म एकीकृत समाजवादीको सदस्यता, पार्टीले मलाई सुम्पेको केन्द्रीय कमिटी सदस्य र लुम्बिनी प्रदेश कमिटीको सचिवको जिम्मेवारी निर्वाह गर्न असमर्थ भएको हुँदा यो राजीनामा पेस गरेको छु, मेरो राजीनामा स्वीकृत गरी सहयोग गरिदिनु हुन अनुरोध छु उहाँले पत्रमा लेख्नुभएको छ ।

गत प्रतिनिधि सभा चुनावमा रुपन्देही क्षेत्र नम्बर-२ मा गठबन्धनको तर्फबाट उम्मेदवार बनेका गुरुङको उम्मेदवारी खारेज भएको थियो ।