अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

वर्तमान सरकार असफल भइसक्यो: महासचिव पोखरेल

वर्तमान सरकार असफल भइसक्यो: महासचिव पोखरेल


गुल्मी-नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान गठबन्धन सरकार असफल र जनताप्रति उदासीन भएको आरोप लगाउनुभएको छ।

नेकपा एमाले गुल्मीले आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई बुधबार सम्बोधन गर्दै महासचिव पोखरेलले गठबन्धनको नाममा जालझेल गरेर जनताले रोजेको शक्तिलाई बाहिर राख्ने काम भएको पोखरेलले बताउनुभयो। लोकतन्त्रको यो कमजोरीलाई सच्याउने सामर्थ्य निर्माण गर्न आवश्यक रहेको उहाँले प्रष्ट पार्नुभयो ।

वर्तमान सत्ता गठबन्धन सबै हिसाबले असफल भएको महासचिव पोखरेल दाबी गर्नुभयो। उहाँले भन्नुभयो, ‘यो गठबन्धन जनमतबाट पनि अस्वीकृत भइसकेको छ र कर्मद्वारा पनि असफल भइसकेको छ, यो सरकार हनु भनेको मुलुक बर्बादीतर्फ जानु हो।

बलियो राष्ट्रिय शक्ति निर्माण गरेर मात्र जनताको निराशा चिर्न सकिने र देशलाई विकासको मार्गमा अघि बढाउन सकिने महासचिव पोखरेलले प्रष्ट पार्नुभयो ।

सरकारको क्रियाकलापबाट जनतामा निराशा बढेको भन्दै एमालेले आफूलाई खरो ढंगले प्रस्तुत गर्ने महासचिव शंकर पोखरेले बताउनु भयो ।

गठबन्धन सरकारले अराजकता र अस्थिरता अन्त्य गर्न नसक्ने उहाँले दाबी गर्नुभयो। नागरिकमा बढेका निराशा हटाउनको गठबन्धनसँग कुनै कार्यक्रम र योजना नरहेको उहाँले प्रष्ट पार्नुभयो । गठबन्धन सरकार निर्माण पछि सांस्कृतिक विगठनको क्रम पनि तीव्र रूपले बढेको उहाँले टिप्पणी गर्नुभयो । त्यस्तै अहिले मुलुक चरम आर्थिक मन्दीको अवस्थामा रहेको उहाँले बताउनुभयो ।

नेपाली राजनीतिका पुष्पकमल दाहाल छेपारो भन्दा पनि छिटो रङ्ग बदल्ने व्यक्ति भएको पोखरेलले बताउनुभयो। छेपारोले रङ्ग बदल्न मौसम परिवर्तन हुनुपर्ने भएपनि प्रचण्डलाई रङ्ग बदल्न मौसम पनि परिवर्तन हुनुपर्ने उहाँको टिप्पणी छ।