अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

चारवटा संसदीय समितिको बैठक आज बस्दै, यस्ता छन् बैठकका एजेन्डा

चारवटा संसदीय समितिको बैठक आज बस्दै, यस्ता छन् बैठकका एजेन्डा


काठमाडौँ–आज चारवटा संसदीय समितिको आज बस्ने भएको छ । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, राज्य व्यवस्था तथा सुशासन समिति, कानुन, न्याय तथा मानव अधिकार समिति र उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक आज बस्न लागेको हो ।  

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा पाठ्यक्रम विकास केन्द्र र राष्ट्रिय परीक्षा बोर्डसँग विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकका विषयमा छलफल हुनेछ । 

यस्तै राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा संवैधानिक परिषद् ९काम, कर्तव्य, अधिकार र कार्यविधि० सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयक सम्बन्धमा छलफल हुने संसद् सचिवालयले जनाएको छ ।  

संसद् सचिवालयका अनुसार कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयकमाथि उपसमितिको प्रतिवेदनमा छलफल गर्ने कार्यसूची छ । 

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा श्रमिकको हित विपरीत हुनेगरी श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गरेका निर्णयका सन्दर्भमा विभागीय मन्त्री शरतसिंह भण्डारीसँग नीतिगत छलफल गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जानकारी दिएको छ ।