अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रियसभा निर्वाचन : आज उम्मेदवारको नामावली प्रकाशित गरिने

राष्ट्रियसभा निर्वाचन : आज उम्मेदवारको नामावली प्रकाशित गरिने


काठमाडौँ–राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत आज मनोनयन दर्ता गराएका उम्मेदवारको नामावली प्रकाशित हुनेछ । राष्ट्रिय सभाका १९ सिटका लागि सोमबार सात प्रदेशबाट ५२ जनाले मनोनयन दर्ता गराउनुभएको थियो । 

उम्मेदवारविरुद्ध परेको उजुरीमाथि जाँचबुझ सकिएपछि आजै उम्मेदवारको नामावली प्रकाशन गरिने निर्वाचन आयोगले जनाएको छ ।

यस्तै पुस २७ गते शुक्रबार उम्मेदवारले नाम फिर्ता लिन सक्ने निर्वाचन कार्यतालिका रहेको छ । त्यसपछि सोही दिन उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने आयोगले जनाएको छ ।

उम्मेदवारलाई निर्वाचन चिह्न पुस २८ प्रदान गरिने छ । यस निर्वाचनमा सात प्रदेशमा एक/एक मतदानस्थल र दुई/दुई मतदान केन्द्र कायम गरिएको छ ।

मतदान माघ ११ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म हुनेछ ।