अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रेस चौतारीले गर्‍यो उद्योग व्यवसाय महासंघका अध्यक्ष एलपी साँवालाई सम्मान

प्रेस चौतारीले गर्‍यो उद्योग व्यवसाय महासंघका अध्यक्ष एलपी साँवालाई सम्मान


काठमाडौँ–प्रेस चौतारी नेपालले नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघका अध्यक्ष एलपी साँवा लिम्बुलाई सम्मान गरेको छ । जनसंगठनको सहकार्यमा भूमिका निर्वाह गरेको भन्दै चौतारीले अध्यक्ष लिम्बुलाई सम्मान गरेको हो ।

प्रेस चौतारीका इञ्चार्ज राजेन्द्र गौतम र अध्यक्ष गणेश बस्नेतले महासंघका अध्यक्ष साँवालाई खादा लगाएर सम्मानित गर्नुभएको हो । एमाले महासचिव शंकर पोखरेल प्रमुख अतिथि रहेको जनसंगठन समन्वय संयन्त्रको बैठकमा एमालेले पार्टीले सञ्चालन गरेको झुलाघाट चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राको क्रममा महासंघले प्रेस चौतारी नेपाललाई सहयोग गरेबापत सम्मान गरिएको बताइएको छ । 

मंसिर १४ गतेदेखि पुस १ गतेसम्म सञ्चालित एमालेको संकल्प यात्राका लागि उद्योग व्यवसाय महासंघले प्रेस चौतारीलाई सवारी साधन उपलब्ध गराएको थियो । सो अवसरमा जनसंगठन समन्वय संयन्त्रका प्रमुख भानुभक्त ढकालसहित सबै जनसंगठनका अध्यक्ष तथा इञ्चार्जहरुको सहभागिता रहेको थियो ।

सो अवसरमा अध्यक्ष साँवाले प्रेस चौतारीले प्रचारको काममा प्रशंसायोग्य काम गरेको कारण आफूहरूले सहयोग गरेको र आगामी दिनमा पनि सहकार्यलाई निरन्तरता दिने बताउनुभयो ।