अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेको प्रस्ताव–टीआरसीलाई सहमतिबाट नभए बहुमतीय प्रक्रियाबाट टुंगो लगाउनुपर्छ

एमालेको प्रस्ताव–टीआरसीलाई सहमतिबाट नभए बहुमतीय प्रक्रियाबाट टुंगो लगाउनुपर्छ


काठमाडौँ–नेकपा एमालेले सत्य निरुपण तथा मेलमिलाप सम्बन्धी विधेयक (टीआरसी) लाई सहमतिबाट नभए बहुमतीय प्रक्रियाबाट टुंगो लगाउनुपर्ने प्रस्ताव गरेको छ । आज बसेको कानुन, न्याय तथा मानवअधिकार समितिको बैठकमा एमालेले यस्तो प्रस्ताव गरेको हो ।

बैठकमा बोल्दै एमाले सचेतक महेश बर्तौलाले टीआरसी विदेयक सहमतिमै टुंग्याउन सकिने बताउनुभएको हो । उहाँले सहमति हुन नसके मात्रै बहुमतीय प्रक्रियाबाट टुंगो लगाउन प्रस्ताव गर्नुभएको छ । 

विधेयक निर्माणको प्रक्रिया अनुसार एमाले अगाडि बढ्ने भन्दै उहाँले त्यसमा एमालेले अवरोध नगर्ने बताउनुभयो । एमालेले अवरोध गरिरहेको छ भनेर प्रचार नगर्न पनि उहाँले अनुरोध गर्नुभयो । 

उहाँले भन्नुभयो,‘विधेयक निर्माणको प्रक्रियामा हामीले हाम्रा विषय राख्छौं । तर एमालेले रोकिराख्या छ भनेर जे प्रचार गर्न खोजिएको छ त्यो गलत हुन्छ ।’

सचेतक बर्तौलाले विगतमा टाउकाको मूल्य तोक्ने र तोकिमाग्नेहरु सरकारमा रहेकाले मिलिजुली कानुन बनाए भन्ने सन्देश नजाओस् भन्नेतर्फ आफूहरु सचेत रहेको बताउनुभयो ।