अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

वन्यजन्तुको संरक्षण र पर्यटनलाई सँगसँगै अगाडी बढाउनुपर्छ: अध्यक्ष तिमिल्सिना

वन्यजन्तुको संरक्षण र पर्यटनलाई सँगसँगै अगाडी बढाउनुपर्छ: अध्यक्ष तिमिल्सिना


चितवन-पूर्वी चितवनको रत्ननगरस्थित टिकौलीचौरमा रत्ननगर महोत्सवको १२औं संस्करण बिहिबारदेखि सुरु भएको छ। महोत्सवको राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले एक भब्य समारोहकाबीच उद्घाटन गर्नुभयो।

महोत्सव उद्घाटजन गर्दैै अध्यक्ष तिमिल्सिनाले वन्यजन्तुको संरक्षण र पर्यटनलाई सँगसँगै बढाउनुपर्ने धारणा राख्नुभयो।
वनजंगल र वन्यजन्तुको संरक्षण सँगै पर्यटन र वन क्षेत्रबाट लिन सकिने नाफा लिन सकेमा मात्रै त्यसले आर्थिक क्षेत्र बलियो हुने धारणा उहाँको थियो। ‘निकुञ्जको संरक्षण र जिल्लाको पर्यटनलाई सँगसँगै अगाडि बढाउनुपर्छ, ’उहाँले भन्नुभयो, ‘मानव र वन्यजन्तु बीचको द्बन्द्ब न्यूनीकरण गर्दै स्थानीय समुदायको जीविकोपार्जन तथा पर्यटनबाट आर्थिक लाभ लिनुपर्छ।’

संरक्षणलाई पर्यटनसँग जोडेर आर्थिक विकासका गतिविधि बढाउन सबैलाई उहाँको आग्रह छ। चितवनमा रेलमार्गको सम्भावना रहेको भन्दै उहाँले वन र वन्यजन्तुलाई असर नपर्ने गरि रेलमार्ग निर्माणको कामलाई अगाडि बढाउनुपर्छ भन्नुभयो। ‘निकुञ्जलाई असर गर्छ भनेर रेलमार्ग निर्माणको काम रोकिनु हुँदैन’ उहाँले भन्नुभयो ‘दुरगामी प्रभाव पर्ने काम हो अगाडि बढाउनुपर्छ।’

आर्थिक मन्दीका बेला रत्ननगरका व्यवसायीले महोत्सव गर्ने आँट गर्नु चानचुने कुरा नभएको भन्दै उहाँले रत्ननगर महोत्सवले चितवनको आर्थिक क्षेत्र चलायमान गराउने विश्वास व्यक्त गर्नुभयो। सरकार र नीजि क्षेत्रको सहकार्यमा आर्थिक संकट अन्त्यको लागि पहल सुरु गर्नु पर्ने बताउनु भयो।

भूकम्प र कोरोना महामारीपछि मुलुकको आर्थिक प्रणालीमा असर परेका कारण आर्थिक संकट पैदा भएको भन्दै उहाँले यसको अन्त्यको लागि सबै क्षेत्र जिम्मेवार हुनुपर्ने बताउनुभयो। मुलुकमा आर्थिक संकटको असर चौतर्फी रुपमा रहेको छ उहाँले भने संकटको सामधानको लागि राज्य चनाखो हुनुपर्छ भन्नुभयो।

कृषि, पर्यटन, स्थानीय कला र संस्कृति सहित राष्ट्रिय, अन्तराष्ट्रिय तथा बहुराष्ट्रिय गरी करिब ४५० स्टलहरु रहेको महोत्सव आयोजक समितिका संयोजक तथा रत्ननगर उद्योग बाणिज्य संघका अध्यक्ष शंकर गिरीले जानकारी दिनुभयो। यस पटकको महोत्सवमा तीन लाख भन्दा बढी दर्शकहरुले अवलोकन गर्ने र करिब २५ करोडभन्दा बढिको कारोबार हुने अपेक्षा र अनुमान गरिएको छ। विगतमा जस्तै महोत्सव अन्तर्गत पुस २९ देखि ४ गते सम्म ५ दिन रत्ननगरको सौराहाचोक वसपार्कमा विभिन्न जनजातीहरुको विशेष खाना, उपभोक्ताहरुलाई गुणस्तरीय उत्पादन उपभोगका लागि विशेष परिकार सहित पाँचौं रत्ननगर सांस्कृतिक खाना महोत्सव आयोजना गरिएको छ।