अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रियसभा निर्वाचन : उम्मेदवारी फिर्ता र अन्तिम नामावली प्रकाशन आज

राष्ट्रियसभा निर्वाचन : उम्मेदवारी फिर्ता र अन्तिम नामावली प्रकाशन आज


काठमाडौँ–राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत आज उम्मेदवारले नाम फिर्ता लिन सक्नेछन् । निर्वाचन आयोगका अनुसार उम्मेदवारी फिर्ता लिन चाहने उम्मेदवारको नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन आज गरिने छ ।  

यस्तै पुस २८ गते बिहान १० देखि दिउँसो १ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने निर्वाचन कार्यतालिका छ ।

माघ ११ गते बिहान ९ देखि दिउँसो ३ बजेसम्म राष्ट्रियसभामा रिक्त १९ पदका लागि मतदान गरिनेछ ।