अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रेशम चौधरी सर्वसम्मत

नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रेशम चौधरी सर्वसम्मत


काठमाडौं-नागरिक उन्मुक्ति पार्टी (नाउपा)को अध्यक्षमा रेशम चौधरी निर्विरोध चयन हुनुभएको छ।

पार्टीको महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि भएको निर्वाचन प्रक्रियामा अध्यक्षका लागि उहाँको मात्रै उम्मेदवारी परेपछि चौधरी निर्विरोध हुनुभएको हो ।

पार्टीको महासचिवका लागि भने आधा दर्जनभन्दा बढीको उम्मेदवारी परेको छ। रेशमपत्नी रञ्जिता श्रेष्ठ यसअघि पार्टी अध्यक्ष हुनुहुन्थ्यो ।

चौधरीको प्रस्तावक रोशन थापा र समर्थक सानु शाक्य थिए । पार्टीको संरक्षक रहेका चौधरी २०७४ मा कैलाली १ बाट प्रतिनिधिसभामा निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् ।

२०७२ को भदौमा भएको टीकापुर घटनामा मुछिएका रेशमको मुद्दा हाल पनि सर्वोच्चमा विचाराधीन रहे पनि  गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलबाट रेशमले आममाफी पाएका थिए ।