अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेलाई सिध्याएर भित्तामा टाँसिदिन्छु भन्नेबाट महिलाले जोगाए: अध्यक्ष ओली

एमालेलाई सिध्याएर भित्तामा टाँसिदिन्छु भन्नेबाट महिलाले जोगाए: अध्यक्ष ओली


काठमाडौं-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको राजनीतिक तथा सामाजिक परिवर्तनमा महिलाहरूको उल्लेख्य योगदान रहेको बताउनु भएको छ।

अखिल नेपाल महिला संघ केन्द्रीय कमिटीको तेस्रो बैठकलाई शुक्रबार सम्बोधन गर्दै अध्यक्ष ओलीले महिलाहरूले संगठित वा असंगठित रूपमा देशको हरेक परिवर्तनमा ठूलो योगदान गरेका बताउनु भयो।

अध्यक्ष ओलीले भन्नुभयो, ‘महिलाहरूले असाधारण योगदान गरेका छन्, असाधारण त्याग र बलिदान गरेका छन्।’

अध्यक्ष ओलीले नेपालको राजनीतिक परिवर्तन तथा सामाजिक न्याय र समानताको आन्दोलनमा अखिल नेपा महिला संघ (अनेमसंघ) को असाधारण भूमिका रहेको बताउनुभयो।

अनेमसंघ गठन हुनुअघि पनि महिलाहरूले नेपालको परिवर्तनमा असाधारण काम गर्नुभएको उहाँले स्मरण गर्नुभयो। उहाँले २००४ सालकै आन्दोलनमा महिलाहरू गिरफ्तारीमा परेको स्मरण गराउनु भयो ।

त्यसअघि पनि १९९७ देखिकै नेपालको राजनीतिक, सामाजिक परिवर्तनमा महिलाहरूले खेलेको भूमिका असाधारण रहेको उहाँले बताउनु भयो। 

नेपालको राजनीतिक आन्दोलनलाई त्यहाँसम्म पुर्‍याउन महिलाको असाधारण योगदान रहेको अध्यक्ष ओलीले बताउनुभयो।

नेकपा एमालेलाई पनि आजको अवस्थामा पुर्‍याउन महिलाको सबैभन्दा महत्त्वपूर्ण योगदान रहेको उहाँले प्रष्ट पार्नुभयो। उहाँले भन्नुभयो. ‘विभिन्न समयमा पार्टीमा परेको संकटमा महिलाहरूको भूमिका सबैभन्दा प्रभाकारी छ। 

एमालेलाई सिद्ध्याएर भित्तामा टाँसिदिन्छु भन्ने केही मानिस लागेका बेला पनि पार्टी जोगाउन पहिलो भूमिका महिलाले निर्वाह गरेको उहाँले स्मरण गर्नुभयो।