अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

फरक विचारका दलसँग सहकार्य गर्दा आफ्नो पार्टीको नीति र सिद्धान्त बिर्सन हुँदैन: अध्यक्ष ओली

फरक विचारका दलसँग सहकार्य गर्दा आफ्नो पार्टीको नीति र सिद्धान्त बिर्सन हुँदैन: अध्यक्ष ओली


काठमाडौं-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फरक विचार रहेका राजनीतिक संगठन र संस्थासँग सहकार्य गर्दा आफ्नो पार्टीको नीति र सिद्धान्त विर्सन नहुने बताउनु भएको छ।

अखिल नेपाल महिला संघ केन्द्रीय कमिटीको तेस्रो बैठकलाई शुक्रबार सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताउनु भएको हो।

अध्यक्ष ओलीले आफ्नो अस्थित्व सहित अरुसँग सहकार्य गर्न र सहभागीता जनाउन निर्देशन दिनु भएको छ। उहाँले
आफ्नो पार्टीले अघि सारेका एजेण्डा अरुले नबोक्ने भएकाले सहकार्य गर्दा त्यस कुरालाई ध्यानमा राख्न सुझाव दिनुभयो।

अध्यक्ष ओलीले नेपालको राजनीतिक तथा सामाजिक परिवर्तनमा महिलाहरूको उल्लेख्य योगदान रहेको स्मरण गर्दै अध्यक्ष ओलीले आफ्नो विषयमा आफैं विज्ञ हुनुपर्ने बताउनुभयो।

तपाईहरुको क्षेत्रमा आफै विज्ञ हो उनले भने, राष्ट्रिय र अन्तराष्ट्रिय विज्ञ कसैले पनि तपाइका एजेण्डा बोक्न सक्दैन। अध्यक्ष ओलीले तल्लो स्तरसम्म पार्टीको संगठन विस्तारमा ध्यान दिन पनि निर्देशन दिनुभयो।

अध्यक्ष ओलीले महिलाहरूले संगठित वा असंगठित रूपमा देशको हरके परिवर्तनमा ठूलाे योगदान गरेका बताउनु भयो। राष्ट्रिय र अन्तराष्ट्रियस्तरका हरेक परिवर्तनमा महिलाको भूमिका प्रशंसनीय भएको अध्यक्ष ओलीको भनाइ छ।

२००४ सालकै आन्दोलनमा महिलाहरू गिरफ्तारीमा परेको उहाँले स्मरण गर्दै त्यस अघि पनि १९९७ देखिकै नेपालको राजनीतिक, सामाजिक परिवर्तनमा महिलाहरूले खेलेको भूमिका असाधारण रहेको बताउनु भयो।

अनेमसंघ अध्यक्ष टुकाभद्र हमालको अध्यक्षतामा भएको बैठकमा इन्चार्ज सीता पौडेलले अनेमसंघलाई संगठन विस्तारमा ध्यान दिन निर्देशन दिनु भयो ।

नेकपा एमालेका स्थायी कमिटी सदस्य भानुभक्त ढकालले आगामी जेठ महीना भित्र पार्टीका सबै जिल्लाहरुमा जिल्ला सम्मेलन सम्पन्न गर्ने समय सिमा भएकाले अनेमसंघले केही जिल्लाहरुमा महिला अध्यक्ष बनाउनका लागि दवाव दिनुपर्ने सुझाव दिनुभयो। अनेमसंघ निर्णायक मतदाता भएकाले पार्टीलाई प्रभाव पार्न सक्ने उहाँको भनाई थियो ।

बैठकले आगामी तीन महिना संगठन सुध्रिढीकरण अभियान चलाउने निर्णय गरेको छ। बैठकमा देशभरीवाट अनेमसंघका पदाधिकारी र केन्द्रीय सदस्यहरु सहभागी भएका थिए।