अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रिय सभा सदस्य चुनाव: उम्मेदवारलाई चुनाव चिह्न प्रदान

राष्ट्रिय सभा सदस्य चुनाव: उम्मेदवारलाई चुनाव चिह्न प्रदान


काठमाडाैं-माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य चुनावका लागि मनोनयन दर्ता गराएका उम्मेदवारलाई चुनाव चिह्न प्रदान गरिएकाे छ।

आज बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारलाई सम्बन्धित दलको निर्वाचन चिह्न प्रदान गरिएकाे निर्वाचन आयाेगले जनाएकाे छ। सातै प्रदेशमा रहेका निर्वाचन अधिकृतकाे कार्यालयले उम्मेदवारलाई चुनाव चिह्न प्रदान गरेकाे हाे ।

राष्ट्रिय सभा सदस्य चुनावका लागि ८ दलबाट ५१ जना उम्मेदवार प्रतिष्पर्धामा छन्। राष्ट्रिय सभा सदस्यको रिक्त १९ पदका लागि ५२ जनाकाे उम्मेदवारी परेकाेमा लुम्बिनी प्रदेशबाट मनोनयन दर्ता गराउनुभएका राप्रपाका निरञ्जनबहादुर थापाले उम्मेदवारी फिर्ता लिएपछि ५१ जनाबीच प्रतिष्पर्धा हुन लागेकाे हाे।

आयोगका अनुसार कोशी प्रदेशमा ५, मधेश प्रदेशमा ५, वाग्मती प्रदेशमा १५, गण्डकी प्रदेशमा ८, लुम्बिनी प्रदेशमा ६, कर्णाली प्रदेशमा ६ र सुदूरपश्चिम प्रदेशमा ६ जना उम्मेदवारले उम्मेदवारी दिएका छन्।