अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

दैलेखमा एकीकृत समाजवादीका नेता-कार्यकर्ता एमालेमा प्रवेश

दैलेखमा एकीकृत समाजवादीका नेता-कार्यकर्ता एमालेमा प्रवेश


काठमाडौं-नेकपा (एकीकृत समाजवादी) पार्टी दैलेखका नेता तथा कार्यकर्ताहरू एमालेमा फर्किएका छन्।

आइतबार एमाले जिल्ला कमिटी दैलेखले आयोजना गरेको पार्टी समायोजन कार्यक्रममा एकीकृत समाजवादीका पालिकादेखि केन्द्रीयस्तरका नेता–कार्यकर्ता एमालेमा नै फर्किएका हुन् ।

नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य  बरुनाथ योगी, केन्द्रीय सदस्य पार्वती बिसुन्के, केन्द्रीय सदस्य एवं पूर्वसांसद, भुपेन्द्रबहादुर शाही, प्रदेश कमिटी सदस्य बालकृष्ण केसी, प्रदेश कमिटी सदस्य निरक शाही, जिल्ला कमिटी उपाध्यक्ष कमल रिजाल, जिल्ला सचिवालय सदस्य एवं क्षेत्रीय समन्वय कमिटी सचिव भरत शाही, बिद्यार्थी सङ्गठनका केन्द्रीय सचिव बसन्त रेग्मी, प्रदेश कमिटी सदस्य भिमप्रसाद शर्मा, दुल्लु नगर अध्यक्ष हर्क नेपाली, नारायण नगर अध्यक्ष महेन्द्रनाथ योगी,  दुल्लु नगर सचिव धिरेन्द्र कार्की, युवा संघ केन्द्रीय सचिवालय सदस्य केशरसिंह माझी, केन्द्रीय सल्लाहकार कमिटी गोकर्ण माझी, प्रदेश कमिटी सदस्य एवं क्षेत्रीय समन्वय कमिटी अध्यक्ष आत्मप्रसाद उपाध्याय, प्रदेश कमिटी सदस्य खजुरा सुजी, जिल्ला कमिटी सदस्य कलम नेपाली, जिल्ला कमिटी सदस्य जगत शाही, जिल्ला कमिटी सदस्य खगेन्द्र शाही, जिल्ला कमिटी सदस्य पुर्णबहादुर थापा, जिल्ला कमिटी सदस्य महेन्द्र थापा, जिल्ला कमिटी सदस्य क्षत्र माझी, जिल्ला कमिटी सदस्य यामराज थापा, जिल्ला कमिटी सदस्य लक्ष्मी केसी,  जिल्ला कमिटी सदस्य दिपक रावल एमालेमै फर्किनु भएको छ।
दैलेखको दुल्लुमा भएको समायोजन कार्यक्रममा एमालेका केन्द्रीय सचिव तथा कर्णाली प्रदेश इन्चार्ज लेखराज भट्टले पार्टीमा स्वागत गर्नुभयो।