अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

वर्तमान गठबन्धन सरकार आफै अधिनायकवादी र तानाशाह छ: अध्यक्ष ओली

वर्तमान गठबन्धन सरकार आफै अधिनायकवादी र तानाशाह छ: अध्यक्ष ओली


काठमाडौँ-नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान गठबन्धन सरकार आफै अधिनायकवादी र तानाशाह रहेको बताउनु भएको छ।

आइतबार देशको आर्थिक अवस्थाबारे विज्ञहरूसँगको छलफलमा अध्यक्ष ओलीले अहिलेको सरकारले शक्ति पृथकीकरणको सिद्धान्त नै नबुझेको पनि बताउनुभयो।

ध्यक्ष ओलीले प्रश्न गर्नुभयो, ‘यो सरकारले शक्ति पृथकीकरणको सिद्धान्त नै बुझ्दैन भने यसले कसरी डेमोक्रेसी कहाँ बुझ्यो ?’

उहाँले डेमोक्रेसी नबुझ्ने सरकार आफै अधिनायकवादी र तानाशाह भएको टिप्पणी गर्नुभयो।