अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जिफन्टले मार्च ४ लाई मजदुरहरूको महान् चाडका रूपमा मनाउने

जिफन्टले मार्च ४ लाई मजदुरहरूको महान् चाडका रूपमा मनाउने


काठमाडौं-नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले मार्च ४ लाई मजदुरहरुको महान चाडको रुपमा मनाउने तयारी गरेको छ। जिफन्टले सोमबार आफ्नो ७७औं स्थापना दिवस मनाउँदैछ।

आइतवार काठमाडौंमा पत्रकार सम्मेलन गरी महासंघले यसबारे जानकारी दिएको हो। पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष विनोद श्रेष्ठले नेपाली ट्रेड युनियन आन्दोलनको स्थापनाको दिनको स्मरण गर्दै अबदेखि मार्च ४ लाई मजदुरहरुको महान चाडका रुपमा मनाउने घोषणा गर्नुभयो।

महासंघले फागुन २१ गते आन्दोलनको ७७ औं वार्षिकोत्सव मनाउने बताएको छ। कार्यक्रमको उद्घाटन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गर्ने महासंघले जनाएको छ। सो अवसरमा जिफन्टले ‘चुनौतीसँग जुध्दै नेपाली ट्रेड युनियन आन्दोलन’ कृतिको विमोचन गर्ने जिफन्टले जनाएको छ ।

फागुन २२ गते उक्त अध्ययनमा आधारित रही अन्तर्राष्ट्रिय सहभागीहरूसहित नेपालको ट्रेड युनियन आन्दोलनका उपलब्धी, चुनौति र सम्भावनाहरूको बारेमा छलफल गर्ने पनि जिफन्टले बताएको छ।