अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

देश र जनताको पक्षमा वर्तमान सरकारले काम गर्न सकेन: अध्यक्ष ओली

देश र जनताको पक्षमा वर्तमान सरकारले काम गर्न सकेन: अध्यक्ष ओली

एमाले जुनसुकै वेला सरकारमा जान सक्छ


काठमाडौंनेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले देश र जनताको पक्षमा काम गर्न नसकेकाले आवश्यकता परे एमाले सरकारमा जानसक्ने बताउनुभएको छ। 

आइतबार संसद् भवनमा पार्टीका सांसदहलाई प्रशिक्षण दिँदै अध्यक्ष ओलीले यस्तो बताउनुभएको हो। 

शक्ति पृथकीकरणको सिद्धान्त वर्तमान सरकारले बुझ्न नसकेको पनि उहाँले बताउनुभयो। अर्थमन्त्रीमा नियम कानुन, मर्यादा, प्रचलन मान्नै नपर्ने भन्ने घमण्ड देखिएको टिप्पणी गर्नुभयो । देशको अर्थतन्त्र ओरालो लगाएको आरोप लगाउँदै उहाँले भन्नुभयो, ‘अर्थमन्त्रीले २०४८ सालमै असफल भइसकेका सिद्धान्त लागू गर्न खोज्नुभएको छ।’ 

देशको अर्थतन्त्रका विषयमा अर्थमन्त्रीले सरोकारवाला पक्षसँग परामर्श समेत नगरेको उहाँले आरोप लगाउनुभयो। अर्थमन्त्रीले आवश्यक परामर्श गरेर अघि नबढ्दा अर्थतन्त्र समस्यामा परेको उहाँको भनाइ छ।

देश ओरालो लगाउने, असफल भएका थोत्रा सिद्धान्त बोकेर २०४८ सालमै असफल भइसकेको सिद्धान्त फेरि लागु गर्न खोज्नु उपयुक्त नरहेको उहाँले चर्चा गर्नुभयो।

अध्यक्ष ओलीले आवश्यकता परेमा एमाले सरकारमा जतिबेला पनि जान सक्ने सांसदहरुलाई जानकारी गराउनुभएको थियो ।