अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सत्ता फेरबदलको हल्ला चलिरहदा प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच बालुवाटारमा भेटघाट

सत्ता फेरबदलको हल्ला चलिरहदा प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच बालुवाटारमा भेटघाट


काठमाडौं – सत्ता फेरबदलको हल्ला चलिरहेका बेला नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पुष्पकमल दाहालसँग छलफल गर्न बालुवाटार जानु भएको छ । अहिले साँझ पार्टी केन्द्रीय कार्यालय च्यासलबाट अध्यक्ष ओली बालुवाटार पुग्नु भएको हो । अध्यक्ष ओलीको साथमा महासचिव शंक पोखरेल पनि बालुवाटार जानु भएको छ ।

आज बिहान मात्र प्रधानमन्त्री दाहालसँग छलफल गर्नुभएका अध्यक्ष ओली साँझ फेरि बालुवाटार जानु भएको छ । भेटघाट साँझ ६ देखि सात बजेसम्म भएको बालुवाटार स्रोतले जनाएको छ ।