अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बिमला पौडेल राईलाई सम्झाउने गरी परराष्ट्र मन्त्री साउदको फिनल्याण्ड भ्रमण रद्ध

बिमला पौडेल राईलाई सम्झाउने गरी परराष्ट्र मन्त्री साउदको फिनल्याण्ड भ्रमण रद्ध


काठमाडौँ – सत्ता गठबन्धनमा धरमर आइरहेका बेला परराष्ट्रमन्त्री एनपी साउदको विदेश भ्रमण रद्ध गरिएको छ । ‘विशेष परिस्थिति’ भन्दै परराष्ट्र मन्त्रालयले भ्रमण स्थगित भएको जनाएको छ ।

एमालेसँगको गठबन्धनमा भएका बेला गतवर्ष फागुन १४ गते परराष्ट्रमन्त्री बिमलाको जेनेभा भ्रमण प्रधानमन्त्री प्रचण्डले स्थगित गर्न निर्देशन दिनुभएको थियो ।
‘विशेष परिस्थितिका कारण परराष्ट्रमन्त्री पूर्वनिर्धारित कार्यक्रमअनुसार हेलसिन्की प्रस्थान गर्न सक्षम हुनुभएन’ परराष्ट्र मन्त्रालयले एक सूचनामार्फत जानकारी दिएको छ। परराष्ट्र मन्त्रालयले उनी ‘सेकेन्ड यूएन एलडीसी फ्युचर फोरम’ मा सहभागी हुन फिनल्यान्ड जाने तय भएको भन्दै आइतबार दिउँसो विज्ञप्ति जारी गरेको थियो ।
उक्त कार्यक्रम मंगलबार र बुधबार फिनल्यान्डको राजधानी हेल्सिन्कीमा हुँदैछ । सत्ता गठबन्धनमा खटपट भएको भनिएकै बेला अकस्मात् उनको भ्रमण रद्द हुनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । कांग्रेसले आजै आफ्नोतर्फबाट सरकारमा सहभागी मन्त्रीहरुसँग छलफल गरिरहेको छ।