अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

ईश्वर पोखरेलको सम्झनामा फागुन २१ : सुखानी काण्डको समाचार मैले नै पढेर सबैलाई सुनाँए

ईश्वर पोखरेलको सम्झनामा फागुन २१ : सुखानी काण्डको समाचार मैले नै पढेर सबैलाई सुनाँए



काठमाडौं- आज फागुन २१ अर्थात झापा विद्रोहका नायकहरु रामनाथ दाहाल,नेत्र घिमिरे,कृष्ण कुईंकेल,वीरेन राजवंसी र नारायण श्रेष्ठहरुलाई सुखानीमा गोली हानेर हत्या गरेको दिन ।नेपाली राजनीतिमा सुखानी काण्ड भनेर चिनिने यो दिन नेपाली कम्यूनिष्टहरुका लागि एउटा असाधारण महत्वको दिन हो । झापाको उत्तरी र इलामको दक्षिणी सिमानामा पर्ने सुखानीको जंगलमा झापा विद्रोहका नेताहरुलाई २०२९ साल फागुन २१ गते गोली हानेर हत्या गरिएको थियो ।
२०२७ सालमा झापाली युवाहरुले तत्कालिन पूर्व कोशी प्रान्तीय कमिटीबाट विद्रोह गरेर झापा कोअर्डिनेसन केन्द्र (कोके) गठन गरेका थिए । कोके मार्फत नै मोही किसानहरुको हक स्थापित गर्न युवाहरु लागिपरेका थिए । यही अभियान सञ्चालन भइरहँदा २०२९ साल मंसिर आसपासमा यि योद्धाहरुलाई प्रहरीले पक्राउ गरेर चन्द्रगढी जेलमा राखेको थियो । उनीहरुलाई स्थानीय जमिन्दारहरुको हत्याको अभियोग लगाएर थुनिएको थियो । उनीह्रुलाई पक्राउ गरेको करिब ३ महिना पछि चन्द्रगढीबाट इलाम जेल सार्ने बहानामा फागुन २१ गतेको राती सुखानीको जंगलमा गोली हानेर हत्या गरेको थियो ।
हाल नेकपा एमालेका बरिष्ठ उपाधक्ष्य ईश्वर पोखरेल त्यसबेला जनकपुरमा हुनुहुन्थ्यो । उहाँले झापाली योद्धाहरुको हत्याको खबर भोलिपल्टै फागुन २२ गते पाउनु भएको रहेछ । सुखानी दिवशको दिन आज उक्त दिनको सम्भ्mाना गर्दै ईश्वर पोखरेलले त्यो घटना सुनेपछि रातभरी सुत्न नसकेको उल्लेख गर्नु भएको छ । एकजना साथीले बोकेर ल्याएको गोरखापत्रको उक्त समाचार आफैंले पढेर सबैलाई सुनाएको उहाँको स्मरणमा उल्लेख छ । पोखरेलले लेखेको सुखानी हत्याकाण्डको स्मृति यस्तो छ

आजभन्दा ५० वर्ष अघि । संधै झैं २०२९ साल फागुन २२ गते साँझपख हामी केही युवा साथीहरू जनकपुरको भानुचोक कै दक्षिणमा रहेको एउटा सानो कल्भर्टमा जम्मा भयौं । ‘आंखा‘ साहित्यिक पत्रिकाका सम्पादक तथा मिल्ने साथी लक्ष्मण खरेलले हातमा एउटा पत्रिका बेरेर ल्याएका थिए । उनले ल्याएको पत्रिकाप्रति त्यहां रहेका अरू सबैको उत्सुकता पोखियो । उनले आफूले ल्याएको पत्रिका फैलाउंदै गंभीर मुद्रामा भनेका थिए ( ‘ झापामा सरकारले नेत्रहरूलाई गोली हानी हत्या गरेछ ।’
सांझ परेर अध्यारो भैसके पनि मैले त्यसबेला उनको हातमा रहेको ‘गोरखापत्र ‘ तानेर लिएको थिएं । नजिकै रहेको बिजुलीको पोल छेउ उभिएर टिमटिम गर्दै बलिरहेको उज्यालोमा मैले केही छिनमै त्यो समाचार त्यहां रहेका सबैलाई पढेर सुनाएको थिएं १झापाली क्रान्तिकारीहरू ( नेत्र घिमिरे, रामनाथ दाहाल, कृष्ण कुईंकेल, विरेन राजवंशी र नारायण श्रेष्ठलाई झापा जेलबाट इलाम जेल सार्ने निहूंमा सुखानीको जंगलमा गोली हानी हत्या गरिएको समाचार छापिएको थियो ।
समाचार सुनिसकेपछि केही छिन त हामी विच सन्नाटा छाएको थियो । हामी सबै केही नबोली अध्यारो अनुहार लगाएर बसेका थियौं । त्यतिबेला हामी सबैका आंखा रसाएका थिए । हामीमध्ये केही त रोएकै थियौं । हामीले एक अर्काको हात समातेका थियौं र आंशु पुच्छदै हत्याको बदला लिने संकल्प गरेका थियौं । हामीमा त्यो अठोट त्यसवेला कसरी आयो ( भन्न सक्तिन ।त्यसवेला त्यहां रहेका हामी सबैको मन एकैचोटी बोलेको थियो । त्यसदिन हामी केही परसम्म संगै हिंडेर छुट्टिने वेलामा हात मिलाउंदा पनि बोल्न सकेका थिएनौं । अहिले पनि म सम्झिरहेको छु ( त्यस रात अबेलासम्म म सुत्न समेत सकेको थिईंन । अहिले ५० वर्ष पुरा भैसकेको छ । झापाली क्रान्तिकारी शहीदहरूको सम्मानमा त्यसवेला आफ्ना आंखाबाट बगेका आंशुलाई मैले अहिलेसम्म बिर्सन सकेको छैन । र, कहिल्यै बिर्सने पनि छैन ।
झापा संघर्षले आमुल परिवर्तनको उद्देश्य राखी सल्काएको परिवर्तनको झिल्को आजको नेकपा ९एमाले० को रूपमा मैदानमा आएकोछ । अहिले यो सबै किसिमका चुनौतीहरूको सामना गर्दै मुलुकभरि नै चहकिलो उज्यालो बनेर फैलिइरहेको छ ।
शहीदहरूका सपना साकार पार्ने अभियान जारी छ ११
हार्दिक श्रद्धान्जली अमर शहीदहरू ११