अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

संघीय संसद्का दुवै सदनको बैठक बस्दै, प्रतिनिधिसभालाई प्रधानमन्त्रीले सम्बोधन गर्ने

संघीय संसद्का दुवै सदनको बैठक बस्दै, प्रतिनिधिसभालाई प्रधानमन्त्रीले सम्बोधन गर्ने


काठमाडौँ– संघीय संसद्का दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बस्नेछ । 

यस्तै राष्ट्रियसभाको बैठक १:१७ बजे बस्ने संसद् सचिवालयले जनाएको छ । 

प्रतिनिधिसभाको बैठकमा महिला तथा सामाजिक मामिला समिति सभापति किरणकुमार साहले महिला तथा सामाजिक मामिला समितिको वार्षिक प्रतिवेदन २०७९/०८० पेस गर्ने सम्भावित कार्यसूची रहेको छ । 

उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८० प्रस्ताव प्रस्तुत गर्ने र २०८१/०८२ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक)माथि छलफल प्रारम्भ हुने कार्यसूची रहेको छ । 

यस्तै प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले  आज प्रतिनिधिसभालाई सम्बोधन गर्नुहुनेछ ।  

प्रतिपक्षी दलहरूले बालकुमारी घटना, मिटरब्याज पीडित, दुग्ध किसान लगायतको विषयमा सरकारको जवाफ मागेपछि प्रधानमन्त्रीले आज त्यसको जवाफ दिन लाग्नुभएको हो ।  

यस्तै राष्ट्रियसभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लोकसेवा आयोगका ६४ औँ वार्षिक प्रतिवेदन २०७९/०८० सदनमा प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।