अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रियसभामा निर्वाचित १९ सदस्यको आज शपथ ग्रहण

राष्ट्रियसभामा निर्वाचित १९ सदस्यको आज शपथ ग्रहण


काठमाडौँ– राष्ट्रियसभामा निर्वाचित १९ सदस्यले आज शपथ ग्रहण गर्नुहुने भएको छ । संघीय संसद्को माथिल्लो सदन राष्ट्रियसभाका एक तिहाइ सदस्यको कार्यकाल हिजो सकिएपछि नवनिर्वाचित १९ सदस्यले आज शपथ ग्रहण गर्न लाग्नुभएको हो ।  

शपथग्रहण नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हलमा बिहान साढे ११ बजे हुनेछ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको कार्यकाल हिजो सकिएकाले उपाध्यक्ष उर्मिला अर्यालले निर्वाचित सदस्यको शपथग्रहण गराउने कार्यक्रम छ । 

गत माघ ११ गते सम्पन्न निर्वाचनबाट राष्ट्रियसभाका १९ सदस्य निर्वाचित हुनुभएको थियो । एक जना सदस्य राष्ट्रपतिबाट मनोनीत हुने छन् ।