अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नयाँ गठबन्धन बन्ने भएपछि सत्ता गठबन्धनको बैठक स्थगित

नयाँ गठबन्धन बन्ने भएपछि सत्ता गठबन्धनको बैठक स्थगित


काठमाडौँ– नयाँ गठबन्धन बन्ने भएपछि अहिलेको सत्ता गठबन्धनको बैठक स्थगित भएको छ । 

आज बिहान ८ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भनिएको सत्ता गठबन्धनको बैठक स्थगित भएको हो । 

समसामयिक परिस्थितिमा छलफल गर्न बोलाइएको बैठक सत्ता गठबन्धनमा खटपट आएपछि स्थगित भएको स्रोतले जनाएको छ ।

बैठकमा सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन सम्बन्धी विधेयक सम्बन्धी प्रतिवेदनको मस्यौदामा छलफल गर्ने भनिएपनि बैठक स्थगित भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

अब एमाले माओवादी केन्द्रसहितको नयाँ गठबन्धन बन्ने सम्भावना बढेको छ ।