अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेले भन्यो– प्रधानमन्त्रीले गठबन्धन टुटाउनुपर्‍यो, हामी छलफल गर्न तयार छौँ 

एमालेले भन्यो– प्रधानमन्त्रीले गठबन्धन टुटाउनुपर्‍यो, हामी छलफल गर्न तयार छौँ 


काठमाडौँ– नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिलेको गठबन्धन टुटाए आफूहरू नयाँ तरिकाले छलफल गर्न तयार रहेको बताएको छ ।

आज बिहान पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको सचिवालय बैठकले प्रधानमन्त्रीले अहिलेको गठबन्धन टुटाए आफूहरू नयाँ तरिकाबाट छलफल गर्न तयार रहेको निष्कर्ष निकालेको हो । 

बैठकपछि एमाले उपमहासचिव प्रदीप ज्ञवालीले भन्नुभयो, ‘प्रधानमन्त्रीले अहिले भइरहेको गठबन्धनसँगको सहकार्य टुटाउन तयार हुनुपर्‍यो । उहाँ टुटाउन तयार हुनुभयो भने हामी नयाँ ढंगले छलफल गर्न तयार छौँ ।’

यस्तै उहाँले सत्ता गठबन्धनमा संकट बढेको भन्दै केही नयाँ घटना विकास हुने देखिएको बताउनुभयो ।  

उहाँले भन्नुभयो, “प्रधानमन्त्रीले के गर्नुहुन्छ, त्यो उहाँको कुरा हो । उहाँमाथि भर पर्छ । उहाँले हिजोको छलफलमा कांग्रेससँगको सहकार्य निकै कठिन हुँदै गएको बताउनुभएको थियो । विवादित मन्त्रीलाई हटाउन खोज्दा कांग्रेसले दिएन भन्नुभयो । अर्थमन्त्रीले लिएको नीतिले मुलुकलाई झन् अप्ठेरोमा पारेको र नयाँ ढंगले अघि बढ्न खोजेको संकेत गर्नुभएको थियो । उहाँको संकेत के हो आज दिनभरिमा प्रष्ट होला ।”

उपमहासचिव ज्ञवालीका अनुसार आज राजनीतिले नयाँ मोड लिनेछ ।